१२ पुस २०८२, शनिबार

रौतहटको २ ठाउँमा मतदानका क्रममा गोली चल्याे, मतदान स्थगित

प्रकाशित मिति :  20 November, 2022 11:04 am


काठमाडौं । रौतहटको २ ठाउँमा मतदानका क्रममा गोली चलेको छ ।

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले जानकारी दिएका छन् ।

मतदान गर्ने क्रममा विवाद भएपछि प्रहरीले गोली चलाएको हो । गोली चलेका दुवै मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !