धनराज गुरुङले गरे क्षेत्र नम्बर १ बाट मतदान
प्रकाशित मिति : 20 November, 2022 12:22 pm
स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार धनराज गुरुङले मतदान गरेका छन् ।
गुरुङले स्याङ्जा क्षेत्र नम्बर १ अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर १ रानीचरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी रहेको छ ।








