१२ पुस २०८२, शनिबार

बेलुकी ५ बजेसम्म मतदान स्थगितको सूचना नटाँस्न निर्वाचन अधिकृतहरूलाई आयोगको निर्देशन

प्रकाशित मिति :  20 November, 2022 12:35 pm


काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादका कारण केही समय स्थगन भएको मतदानका लागि बेलुकी ५ बजेसम्म सूचना टाँस नगर्न निर्देशन दिएको छ ।

स्थगित गर्ने पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिन समेत भएको छ । आयोगले भनेको छ,“मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थिगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।”

निर्वाचनका क्रममा कतिपय ठाउँमा विवादका कारण मतदान स्थगित भएका छन् । स्थगित मतदानलाई तत्काल सञ्चालन गर्न पनि आयोगले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !