१२ पुस २०८२, शनिबार

रोल्पाको थबाङमा साढे १२ बजेसम्म ४४८ मत खस्याे

प्रकाशित मिति :  20 November, 2022 12:51 pm


तस्बिर : गाेविन सहयात्री

रोल्पा । रोल्पाको थबाङमा साढे १२ बजेसम्म ४४८ मत खसेको छ ।

वडा नम्बर २ केन्द्रमा १५७७ मतदाता रहेकोमा ३०६ र १३१४ मतदाता रहेको वडा नम्बर १ को केन्द्रमा १४२ मत खसेको छ ।
मतदान सुरु भएको ५ घण्टाभित्र ४४८ मत मात्रै खसेको छ ।

विप्लव नेतृत्वको नेकपाको प्रभाव रहेको थबाङ्गमा मतदान बहिष्कार गर्न आग्रह गर्दै उक्त पार्टीका नेता जयप्रकाश रोका (प्रताप) खटिएका छन्। नेकपाले चुनाव बहिष्कार गरेको छ ।

नेकपाको बढी प्रभाव रहेको वडा नं. १ मा तुलनात्मक रुपमा अहिलेसम्म कम मत खसेको छ । मतदानस्थलमा रहेका गाेविन सहयात्रीले वडा नं. १ मा बहिष्कारकाे प्रभाव बढी देखिएकाे बताए ।



प्रतिक्रिया दिनुहोस !