सञ्चारमन्त्री कार्कीले गरे मतदान
प्रकाशित मिति : 20 November, 2022 12:52 pm
सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज बिहान उनले मतदान गरेका हुन् । नेपाली कांग्रेसका नेता कार्की वि.सं २०७४ को आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । रासस








