८ पुस २०८२, मंगलबार

चुनावले संविधान र संघीय गणतन्त्र लिकमा आएको छ: घनश्याम भूसाल

प्रकाशित मिति :  20 November, 2022 1:18 pm


काठमाडौं । पूर्वमन्त्री एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भूसालले चुनावले संविधान र संघीय गणतन्त्र लिकमा आएको बताएका छन् ।

तिलोत्तमा वडा नं ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताए ।

‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ। संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउनेछ।’ भुसालले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !