१४ बैशाख २०८१, शुक्रबार

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

प्रकाशित मिति :  20 November, 2022 2:33 pm


काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस !