१२ पुस २०८२, शनिबार

बाजुराको एक केन्द्रमा मतदान स्थगित, मतपेटिकामा आगजनी

प्रकाशित मिति :  20 November, 2022 3:54 pm


सांकेतिक फाेटाे

बाजुरा । बाजुराको भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिका जलाइएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगो लागेपछि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएपछि निर्वाचन स्थगित भएको छ । आगजनी कसले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार यस विषयमा अनुसन्धान भइरहेको र अहिलेलाई उक्त केन्द्रमा मतदान स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !