दोलखाको जफेमा मतदान सुचारु
प्रकाशित मिति : 20 November, 2022 5:02 pm
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो ।
स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ ।
गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप हुँदा सुरक्षाकर्मी समेत घाइते भएका छन् । उक्त केन्द्रमा अहिले मतदान सुरु भएको स्थानीयवासीले जनाकारी दिएका छन् ।








