स्याङ्जामा ४५ जना कैदीबन्दीले गरे मतदान
प्रकाशित मिति : 20 November, 2022 5:18 pm
स्याङ्जा । स्याङ्जा जिल्लामा ४५ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार समानुपातिकतर्फ स्याङ्जा जिल्ला कारागारमा रहेका ४५ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
उनीहरुका लागि कारागार शाखामै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको थियो । जिल्ला कारागार स्याङ्जामा चार महिलासहित २ सय २९ जना कैदीबन्दी रहेका छन्।
उनीहरू मध्ये मतदाता नामावलीमा नाम भएका १ महिला सहित ४४ पुरुषले मतदान गरेका हुन् ।








