१२ पुस २०८२, शनिबार

नवलपरासी पूर्वको झाँक्रेमा मतपेटिका जलाइयो

प्रकाशित मिति :  20 November, 2022 5:30 pm


नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको हो प्रहरीले जनाएको छ । नवलपुरका पत्रकार नारायण शर्माका अनुसार त्यहाँ ९८० मत भएकोमा ७ सय मत खसिसकेको थियो ।



प्रतिक्रिया दिनुहोस !