१२ पुस २०८२, शनिबार

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगणना कहाँ हुँदै छ ?

प्रकाशित मिति :  20 November, 2022 5:51 pm


काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणनाका लागि विभिन्न ठाउँहरू तय भएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार पहिलो पटक सम्बन्धित भूगोलमै मत गणना हुने छ ।

निर्वाचन कार्यालयका अनुसार काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने छ भने क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा हुने छ ।

त्यस्तै क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

काठमाडौं– क्षेत्र नम्बर ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेजमा र क्षेत्र नम्बर १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको छ ।

निर्वाचन कार्यालयले आज रातीदेखि नै मतगणना सुरु हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !