१ माघ २०८२, बिहिबार

बाजुरामा विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  20 November, 2022 5:56 pm


काठमाडौं । बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीय बिच झडप हुँदा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावलले जानकारी दिए ।

स्थानीयहरूका अनुसार मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का सुरेन्द्र ऐडी रहेका छन् । गोली लागेर मतदान गर्न गएका केही घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !