अर्घाखाँचीमा ५४ प्रतिशत मत खस्याे
प्रकाशित मिति : 20 November, 2022 7:49 pm
अनिल नेपाली-
अर्घाखाँची । अर्घाखाँचीमा ५४ प्रतिशत मत खसेको छ ।
निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जिल्लाभर ५४ प्रतिशत मत खसेको बताए । आदर्श मावि खनदहमा दिउँसो रोकिएको मतदान भने बेलुकी ५ बजेबाट सुरु भएको छ । मतदात राती ९ बजे सम्पन्न हुने छ ।
२०१ मतदान स्थल रहेको अर्घाखाँचीको मत पेटिका संकलन सुरु गरिएको छ । मतपेटिका संकलन गरिसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विकट क्षेत्र शीतगंगाका मतपेटिका सदरमुकाम ल्याउँने क्रम जारी छ । राती २ बजेसम्म सबै मतपेटिका संकलन हुने अनुमान छ ।








