देशभर ६१ प्रतिशत मतदान : आयोग
प्रकाशित मिति : 20 November, 2022 8:03 pm
काठमाडौं । देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ ।
तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको भन्दै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले ६१ प्रतिशत मतदान भएको बताए । उनले भने यद्यपी यो आयोगको अपेक्षा भन्दा कमी हो ।
आयोगले मतदान स्थगित भएका ठाउँमा २ दिनभित्र मतदान गर्ने पनि जनाएको छ । देशभर १५ स्थानमा मतदान स्थगन भएको प्रमुख आयुक्त थपलीयाले जानकारी दिए ।








