दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने
प्रकाशित मिति : 21 November, 2022 10:43 am
दाङ । दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ ।
बिहान बसेको सर्वदलीय बैठकले मध्यान्न १२ बजेदेखि मत गणना सुरु गर्ने निर्णय गरेको हो । लमही नगरपालिकाको भवन लमहीमा मत गणना हुने छ ।
दाङ क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् ।








