रुपन्देही ५ को मतगणना सुरु
प्रकाशित मिति : 21 November, 2022 12:25 pm
रुपन्देहीको क्षेत्र नं ५ को मतगणना सुरु भएको छ । सोमबार सर्बदलीय बैठकको सहमतिपछि मतगणना सुरु गरिएको छ ।
गैडहवा गाँउपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको छ । १ लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रबाट सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपाका वासुदेव घिमिरेबिच मूख्य प्रतिस्पर्धा रहेको छ।
भरतकुमार शाह २०७४ सालको चुनावमा निर्वाचित हुन् भने वासुदेव घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन ।








