कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै
प्रकाशित मिति : 21 November, 2022 12:31 pm
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले ५६१ मत ल्याएर अग्रता कायम राखेका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित दोस्रो स्थानमा, राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा रहेका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा रहेका छन् ।








