काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता
प्रकाशित मिति : 21 November, 2022 3:04 pm
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा प्रारम्भिक २ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
पछिल्लो मत परिमाण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले २९ मत ल्याएकी छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले २४ मत पाएकी छन् ।
नेकपा एमालेका मणिराम फुयाँलले १९ मत ल्याएका छन्। त्यस्तै राप्रपाकी कुन्ती पोखरेलले १२ मत पाएकी छन्।








