रुपन्देहीमा विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी
प्रकाशित मिति : 21 November, 2022 5:32 pm
काठमाडौं । रुपन्देहीको क्षेत्र नं २ को मतगणनामा प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । आइतबार ३ सय मतगणना हुँदासम्म नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै रास्वपाका पौडेलले अग्रता कायम गरेका छन् ।
रास्वपाका पौडेलले १२६ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने एमालेका उपाध्यक्ष पौडेलले ८३ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जित हासिल गरेका थिए ।








