रोल्पामा नेकपा माओवादी केन्द्रका वर्षमान पुनको अग्रता कायमै
उमा केसी-
रोल्पा । रोल्पा प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका मतगणना जारी रहेको छ ।
यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभा तर्फ ७ हजार ६३५ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका वर्षमान पुनले भारी मतले अग्रता कायम राखेका छन् । पुनले ४ हजार ५५७ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदार पूर्ण बुढामगरले १ हजार ८४६ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा क मा ३ हजार ४९८ मत गणना हुदा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोख बहादुर महराले ४ हजार ४५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत ल्याएका छन् ।
प्रदेशसभा ख मा ५ हजार ९१० मत गणना हुदा स्वतन्त्र तर्फका उम्मेदार दिपेन्द्र कुमार पुनले २ हजार ४११ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदार नेपाली कांग्रेसका अमरसिंह पुनले १ हजार ६ सय ८९ प्राप्त गरेका छन् ।
नेकपा एमालेका प्रेम वहादुर घर्तीमगरले १ हजार ३५४ मत प्राप्त गरेका छन् ।








