५ फाल्गुन २०८२, मंगलबार

काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी,१३२ मतले हारे मिश्र

प्रकाशित मिति :  22 November, 2022 7:20 am


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

उनले राप्रपाका रवीन्द्र मिश्रलाई १ सय ३२ मतले पराजित गरेका हुन् । विजयी सिंहले ७,१४३ मत पाएका छन् भने मिश्रले ७,०११ मत प्राप्त गरे ।

कुल २७,०१० मत खसेको मतमा २,११५ मत बदर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ४,११२ मत ल्याएर तेस्रा बनेका छन् भने नेकपा एमालेका किरण पौडेलले ३,५०८ मत ल्याएका छन्। नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि ३,१२१ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस !