चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने दोस्रो स्थानमा उक्लिए, एमालेका पाेखरेलकाे अग्रता कायमै
प्रकाशित मिति : 22 November, 2022 7:28 am
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन् ।
मत गणनामा लगातार पछि परिरहेका लामिछाने बिहान नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै दोस्रो स्थानमा पुगेका हुन्।
अहिलेसम्म ७०४१ मत गणना हुँदा लामिछानेले २२२७ मत ल्याएका छन् भने श्रेष्ठको मत २०३६ मत छ। नेकपा एमालेका कृष्णभक्त पोखरेलले २,३३१ मत ल्याएर आफ्नो अग्रता कायमै राखेका छन्।








