‘एमाले गढ’मा मत गणना सकिँदा अर्घाखाँचीमा रायमाझीलाई २२ सय मतकाे अग्रता
प्रकाशित मिति : 22 November, 2022 8:19 am
अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले आफ्नो अग्रता कायमै राखेका छन् ।
‘एमाले गढ’मा मत गणना सकिँदा रायमाझीले ७,४४५ मत पाएका छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालले ५,१८६ मत ल्याएर दोस्रो स्थानमा छिन् । राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ सय ३१ मत ल्याएका छन् ।
अहिलेसम्म मालारानी गाउँपालिकाको १३,४८२ मत गणना सकिएको छ । मलारानी ‘एमाले गढ’का रुपमा चिनिन्छ ।








