सञ्चारकर्मी महावीर विश्वकर्माको गाडी दुर्घटनामा निधन
प्रकाशित मिति : 22 November, 2022 8:41 am
काठमाडौं । सञ्चारकर्मी महावीर विश्वकर्माको गाडी दुर्घटनामा निधन भएको छ ।
राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस रोकिराखेको ट्रकमा ठोक्किदा विश्वकर्माको निधन भएको हो ।
विश्वकर्मा चढेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
विश्वकर्माले सञ्चालन गरिरहेको रेडियो कार्यक्रम ‘बहकिने मन’ देशभर चर्चित थियाे ।








