चितवन-२: पाँच सय मतान्तरले पछ्याउँदै रवि
प्रकाशित मिति : 22 November, 2022 9:33 am
चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर घटाउदै लगेका छन् । यसअघि तेश्रो स्थानमा रहेका उनी मतान्तर घटाएपछि दोस्रो स्थानमा उक्लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसा अनुसार लामिछानेले दुई हजार ५४१ मत पाएका छन् ।
पहिलो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले तीन हजार ४५ मत पाएका छन् । तेश्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४४७ मत पाएका छन् ।








