१२ श्रावण २०८१, शनिबार

उर्जा मन्त्री पुनले पठाएका स्वास्थ्य सामाग्री रोल्पामा हस्तान्तरण

प्रकाशित मिति :  3 April, 2020 2:40 pm


रोल्पा, २१ चैत । 

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री मन्त्री बर्षमान पुनको पहलमा रोल्पामा स्वास्थ्य सामाग्री रोल्पा पुगेको छ । मन्त्री पुनले स्वास्थ्यकर्मीका लागि ४० थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), १० थान गन थर्ममिटर र ४ हजार पीस मास्क रोल्पा पठाएका हुन् ।

शुक्रबार जील्ला प्रशासन कार्यालय रोल्पामा मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले काठमाण्डौंबाट लगिएको सामग्री प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई हस्तान्तरण गरेका छन्। मन्त्री पुनले जिल्लाका १० स्थानीय तहहरुलाई भन्दै समाग्री पठाएका हुन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आवश्यकताका आधारमा सामाग्री स्थानीय निकायलाई बाड्ने बताएका छन् ।

रोल्पामा स्वास्थ्य सामाग्रीको अभाव भईरहेका बेला मन्त्री पुनले काठमाण्डौंबाट उक्त सामाग्री पठाएका हुन् । पुन रोल्पाबाट संघीय प्रतिनीधिसभा सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस !