दाङ -२ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माको अग्रता कायमै
प्रकाशित मिति : 22 November, 2022 10:29 am
दाङ । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाइरहेकी छन् ।
सुरुदेखि नै अग्रता कायम गरेकी गठबन्धनकी उम्मेदवार शर्माले नेकपा एमालेका महासचिव समेत रहेका शंकर पोख्रेलसँग १ हजार ३५२ मते शर्मा अगाडि छिन् ।
१६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका हुन् ।








