३ पुस २०८२, बिहिबार

प्रतितोला ३०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  22 November, 2022 11:32 am


काठमाडौं । नेपाली बजारमा आज मंगलबार छापावाला सुनको मूल्य ओरालो लागेको छ । सोमबार ६०० रुपैयाँले घटेको छापावाला सुन आज मंगलबार पनि तोलामा ३०० रुपैयाँले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !