स्याङ्जा २ को मतगणना अन्योलमा: जनता निराश, आक्रोश पाेख्दै गठबन्धन
स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ को मतगणना सुरू हुन सकेकाे छैन् । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलहरुले मतगणना सुरू गर्न दिएका छैनन् ।
चापाकोट नगरपालिका चारवटा मतदान केन्द्रमा पुन निवार्चन हुनुपर्छ भन्दै नेकपा एमालेकी उम्मेदवारी पदमा अर्यालले पत्रकार सम्मेलन समेत गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको एजेण्डा बोकेको कांग्रेसले बुथ कब्जा गर्नु लोकतन्त्रको धज्जी उडाएको बताएकी थिइन् । त्यस्तै स्याङ्जा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकाराज गुरुङ्गले समेत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कुनैपनी राजनीति पार्टीले व्यक्तिको मत प्रति हस्तक्षेप गर्नुभनेको देशमा आफ्नो शासन चलाउन खोज्नु र जनतालाई उल्लु बनाई सत्तामा पुग्ने खेल रहेको बताएका छन् ।
साथै नेकपा एमाले लगायत अन्य दलका कार्याकर्ताले वालिङमा रहेको निर्वाचन कार्यालयको मुख्य गेटमा तोडफोड समेत गरेका थिए । तर आज बिहानबाट गठबन्धले समेत निर्वाचनको मतगणनालाई अनिश्रत समयको लागि राकेकाे भन्दै निर्वाचन कार्यालय अगाडि नाटक धेरै चल्दैँन, अघि बढ्नु धनराज दाइ साथ दिने हामी छौँ, भ्रष्टचारी पत्तासाप लगायतकाे नारा र नृत्य कार्यक्रम गरेर मतगणना गर्न निर्वाचन कार्यालयमा दबाब दिएका छन् ।
यता मतगणनालाई स्थगित गरेको भन्दै स्याङ्जा क्षेत्र नम्बर २ का जनताहरु समेत आक्रोशित भएका छन् । स्याङ्जा २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, एमाले केन्द्रीय सचिव पद्मा अर्याल, राप्रपाका लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।








