पर्वतमा नेपाली कांगेसका अर्जुन जोशीको अग्रता
प्रकाशित मिति : 22 November, 2022 2:12 pm
काठमाडौं । प्रतिनिधि सभा तर्फको मतगणनामा कांग्रेसका अर्जुन जोशीले अग्रता लिएका छन् ।
नेपाली कांगेसका अर्जुन जोशीले ५६१४ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका पदम गिरीले ५१०६ मतसहित जोशीलाई पछ्याएका छन् ।
पैयू गाउँ पालिका र जलजला गाउँ पालिका का वडाहरूको मतगणनामा जोशिले एमालेका गिरीलाइ ५ सय ८ ले पछि पारेका हुन । त्यसमध्येपनि अहिले धाईरिङ, हुवास र लेकफाँटको बाकी मत गणना भइरहेको छ ।
कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँ पालिका र फलेबास नगरपालिकाको मतगणना हुन बाँकि रहेको जिल्ला निर्वाचन आयोग पर्वतले जनाएको छ ।








