स्याङ्जा १ मा थापालाई पछ्याउँदै मरासिनी
प्रकाशित मिति : 22 November, 2022 2:29 pm
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता कायमै राखेका छन् । थापाले तीन हजार पाँच सय ९७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नारायण मरासिनीले तीन हजार एक सय ३८ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ सय ४२ मत प्राप्त गरेका छन् । स्याङ्जा १ मा कुल ७१ हजार दुई सय ७३ मत झरेको थियो ।








