१२ पुस २०८२, शनिबार

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनको अग्रता

प्रकाशित मिति :  22 November, 2022 4:38 pm


काठमाडौं । रोल्पामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका वर्षमान पुन दोब्बर दोब्बर मतले अग्रस्थानमा रहेका छन् ।

कुल मत १० हजार ९७३ मत गणना हुँदा पुनले ६ हजार ७६८ मत ल्याएका हुन् । त्यस्तै पुनलाई एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् ।

यस्तै प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत एमालेका एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत मात्रै पाएका छन् ।

यस्तै प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !