१२ पुस २०८२, शनिबार

बझाङमा अझै सुरु भएन मतगणना

प्रकाशित मिति :  22 November, 2022 5:42 pm


बझाङ । बझाङमा निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ । बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले मतगणना सुरू भएको बताए । सबै क्षेत्रको मतपेटिका सदरमुकाम ल्याईसकिएपछि साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट मतगणना थालिएको हो ।

सर्वदलीय बैठक बसेर दिउँसो ३ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो । दुर्गम क्षेत्रका मत्र पेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको जिल्ला निवार्चन अायाेगले जनाएकाे छ ।

प्रतिनिधिसभा सदस्य तर्फ १ निर्वाचन क्षेत्र रहेको बझाङमा ४ वटा मत गणना स्थलमार्फत मत गणना थालिएको छ । त्यस्तै २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेशसभा तर्फ पनि २/२ वटा मतगणनास्थल बनाएर मतगणना गरिन थालेको छ ।

बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचत तर्फ ६३ हजार ४८९ मत खसेको थियो । प्रदेशसभा तर्फ प्रदेश ‘१’ का लागि ३२ हजार ८ सय ३३ मत खसेको थियो । भने ‘२’ मा ३० हजार ६५६ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !