१२ पुस २०८२, शनिबार

पर्वतमा प्रतिनिधिसभा र प्रदेशमा कांग्रेसको अग्रता कायमै

प्रकाशित मिति :  22 November, 2022 6:05 pm


कुश्मा । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै १७ हजार मत गणना भएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई ६९८ मतान्तरले पछि पारेका छन् ।

जोशीले आठ हजार ४२ मत प्राप्त गरेका छन् भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य क्षेत्र नं. १ तर्फ गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले सात हजार आठ सय ६४ मत प्राप्त गरेका छन् । एमालेका भक्त कुँवरले सात हजार पाँच सय ९१ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ तर्फ गठबन्धनका तर्फका काँग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले एक हजार पाँच सय ५० मतले पछि पार्दै अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार काँग्रेसका तिवारीले ५८२३ मत र एमालेका बस्यालले सात हजार ७३७३ मत प्राप्त गरेका छन् । । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने छ ।



प्रतिक्रिया दिनुहोस !