१५ चैत्र २०८०, बिहिबार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुन राेल्पामा स्वतन्त्र उम्मेदवारसँग पछि परे

प्रकाशित मिति :  22 November, 2022 6:38 pm


रोल्पा । रोल्पामा प्रदेश सभा (ख) मा गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मतगणनामा पछि परेका छन् ।

स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन ‘सिजल’सँग प्ररम्भिक मतगणनादेखि नै पछि परिरहेका छन् । ११ हजार ९ सय २१ मत गणना हुँदासम्म सिजलको ४,६२३ छ भने गठबन्धनका उम्मेदवार पुनले ३,८०४ मत ल्याएका छन् ।

नेकपा एमालेका प्रेम बहादुर घर्तिमगरले २,५८८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपा नेपालका केशबहादुर पुनले १०२ र राप्रपाका सेते दमाइले १५८ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !