ललितपुर–१ मा कांग्रेसका उदयशमशेर राणा निर्वाचित
प्रकाशित मिति : 23 November, 2022 7:35 am
काठमाडौं । ललितपुर क्षेत्र १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । राणाले २३ हजार८९२ मत ल्याउदै नेकपा एमालेका नवराज सिलवाललाई हराएका हुन् ।
सिलवालले १९ हजार २६६ मत प्राप्त गरेका छन् । राणा ४ हजार ६२६ मतान्तरले निर्वाचित भएका छन् । २०७४ सालमा ललितपुर १ बाट उदयशमशेरलाई एमालेका नवराज सिलवालले हराएका थिए ।








