भक्तपुर २ मा दुर्लव थापाको अग्रता कायमै, बस्नेत ५४५ मतले पछाडि
प्रकाशित मिति : 23 November, 2022 8:15 am
भक्तपुर । भक्तपुर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लव थापाले अग्रता कायम राखेका छन् । उनले २१ हजार ३८१ मत ल्याउँदै अग्रता कायम राखेका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २० हजार ८३६ मत पाएका छन् । थापा ५४५ मतले अगाडि रहेको छन् ।








