गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
प्रकाशित मिति : 23 November, 2022 8:05 am
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।








