रोल्पा प्रदेश सभा (क)बाट नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी
प्रकाशित मिति : 23 November, 2022 12:01 pm
रोल्पा । रोल्पा प्रदेश सभा (क)बाट नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी भएका छन् ।
महराले १९,४२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कमलबहादुर बुढाथोकीले ५,४०५ मत प्राप्त गरे । गठबन्धनबाट उम्मेदवार बनेका महराले एमालेका बुढाथोकीलाई १४,०२० मतको अन्तरले पराजित गरेका हुन् ।








