११ पुस २०८२, शुक्रबार

अर्घाखाँचीको प्रदेश सभा ‘क’मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी

प्रकाशित मिति :  23 November, 2022 12:25 pm


अर्घाखाँची । अर्घाखाँचीको प्रदेश सभा ‘क’मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्।

उनी २० हजार ५ सय ४८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७ सय ७८मत प्राप्त गरेका छन्।

आचार्य २०७४ सालमा पनि यही निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए । आचार्य एमाले केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज हुन्।



प्रतिक्रिया दिनुहोस !