८ बैशाख २०८१, शनिबार

स्याङ्जा १ मा थापालाई पछ्याउँदै मरासिनी

प्रकाशित मिति :  23 November, 2022 1:20 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता लिएका छन् । थापाले ११ हजार छ सय १३ मतसहित अग्रता लिएका हुन् ।

त्यसैगरी नेकपा एमालेका नारायण मरासिनीले ९ हजार २ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले एक हजार ९ सय ५५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म पुतलीबजार नगरपालिकाको वडा नम्बर १, २, ३, ७, ९, १०, ११, १२, भीरकोट नगरपालिकाको वडा नम्बर १, २, ३, ४, वालिङ नगरपालिकाको वडा नम्बर १, २ र बिरुवा गाउँपालिकाको १, २, ३, ४, ५, ६, ७ को मतगणना सम्पन्र भएको छ ।



प्रतिक्रिया दिनुहोस !