२८ भदौ २०८३, आइतबार

बागलुङ क्षेत्र नम्बर १मा चित्रबहादुर केसीको अग्रता कायमै

प्रकाशित मिति :  23 November, 2022 1:37 pm


बाग्लुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ८ बजेसम्म ३० हजार एक सय ४६ मत गणना सकिएको छ ।

जसमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार चार सय मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले) का डा सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली काँग्रेस विपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । हालसम्म एक हजार ३४ मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस !