७ बैशाख २०८१, शुक्रबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  24 November, 2022 8:11 am


काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरुमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभरि तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !