१३ बैशाख २०८१, बिहिबार

धादिङमा एमालेलाई पार्टी विभाजनको मार, प्रदेशदेखि प्रतिनिधि सभासम्म प्रतिनिधित्व भएन

प्रकाशित मिति :  25 November, 2022 4:58 pm


अस्मिता धिताल –

काठमाडाैं । धादिङमा २०७० सालको संविधान सभा निर्वाचनमा तीनवटा क्षेत्रमा विजय हाँसिल गरेको नेकपा एमाले २०७९(हाल) को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधित्वविहीन बनेकाे छ ।

नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचन धेरैजसो पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा जित हासिल गर्दै जिल्ला समन्वय समिति एकल रूपमा बनाउन सफल भएको थियो ।

२०७४ को संसदीय निर्वाचनमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेले दुई वटै प्रतिनिधि सभा सदस्य जितेका थियो । नेकपा विभाज र त्यसपछि पनि भएको पार्टी विभाजनपछि २०७९ को स्थानीय निवार्चनमा २ वटा पालिकामा मात्रै एमाले सीमित बन्यो ।
यसपटकको प्रतिनिधि सभा र प्रदेश सभामा समेत एमाले खुम्चिएको छ । एमाले सहयोग गरेको राप्रपाले प्रदेश सभा २ (ख) मा जित निकालेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले प्रतिद्वन्द्वी
एमालेका उम्मेदवार भूमि त्रिपाठीलाई पछि पार्दै ३५ हजार नौ सय ३४ मत प्राप्त गरि विजयी भएका हुन् ।

पाण्डेका निकट प्रतिद्वन्द्वी त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरेका छन् । त्रिपाठी २०७४ को निवार्चनमा ४९ हजार १ सय २१ मत प्राप्त गरी नेपाली कांग्रेसका विश्वप्रसाद अर्याललाई भारी मतान्तरले हराएर विजय भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरेका हुन् । धादिङको क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार ६ सय १५ जनाले मतदान गरेका थिए भने दुई हजार ६ सय ३३ मत बदर भएको निवार्चन अधिकृतको कार्यालयले उल्लेख गरेको छ ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश–१( क) मा नेपाली कांग्रेसका उम्मेदवार मदुकुमार श्रेष्ठले १७ हजार ८ सय ३२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार रमेश आचार्यले १६ हजार ५ सय ३२ मत ल्याए ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश–२(ख) मा नेकपा माओवादी केन्द्रका नेता शालिग्राम जम्कट्टेल विजयी भएका छन् । जम्कट्टेलसँग नेकपा एमालेका गजेन्द्र थपलिया पराजित भए । २०७४ को निर्वाचनमा पनि जम्कट्टेल यही प्रदेशबाट सांसद बनेका थिए ।

बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कट्टेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका रामनाथ अधिकारी भारी मतान्तरका साथ विजयी भएका छन् । धादिङ कांग्रेस जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा एमालेका र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् ।

मत परिणाम अनुसार लोहनीले २३ हजार ९ सय मत प्राप्त गरे भने कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ प्राप्त गरी जित हासिल गरे । २०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनीलाई अहिले सत्ता गठबन्धनको साथमा रहेको कांग्रेसका अधिकारीसंग भारी मतान्तरले हार बेहोर्नुपरेको छ ।

क्षेत्र नम्बर दुईको प्रदेश १(क) मा पनि नेपाली काँग्रेसका नेता गोविन्द लम्ंसाल विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार डा.राम कुमार अधिकारीलाई २ हजार ९ सय मतले पराजित गर्दै लंम्साल विजयी भएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका लम्ंसालले १९ हजार ४ सय १ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको अधिकारीलाई पराजित गरे ।

क्षेत्र नम्बर २ को प्रदेश २ मा नेकपा एमालेका साथ लिएर चुनावमा उम्मेदवारी दिएका राप्रपाका डम्बर तामाङ विजयी भएका छन् ।

उनले निर्वतमान प्रदेश सांसद एवं नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडालाई १ सय ३१ मतको झिनो मतान्तरले पराजित गरेका हुन् । २०७४ मा नेकपा एमालेसंग मिलेर चुनाव जितेका जगलाई अहिले विजयी तामाङले पनि नेकपा एमालेसंग नै मिलेर हराएका छन् ।



प्रतिक्रिया दिनुहोस !