६ बैशाख २०८१, बिहिबार

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  27 November, 2022 10:18 am


तेह्रथुम । तेह्रथुममा शनिवार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

को २१ प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।

म्याङलुङबाट फर्किनेक्रममा मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !