२६ बैशाख २०८१, बुधबार

स्याङ्जा-२ काे मतगणना अन्योलमा, आयोग भन्छ: अहिलेसम्म कुनै निर्णय भएको छैन

प्रकाशित मिति :  27 November, 2022 11:48 am


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ को मतगणना मतदान सकिएको एक हप्ता हुदाँ पनि अझै सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकाको वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरी बुथ कब्जा गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलहरूले मतगणन रोकेका छन् भने नेपाली कांग्रेसले तत्काल मतगणनाको माग गर्दै सडकमा धर्ना बसेको छ ।

उक्त विषयलाई समाधान गर्नको लागि आयोगको टोली शुक्रबार दिउँसो वालिङ पुगेको थियो । सुरक्षा संयन्त्रले दिएको प्रतिवेदन र सूचनाका आधारमा टोलीलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए । प्रशासनका अनुसार ती सबै बुथमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो ।

यता स्याङ्जा क्षेत्र नं २ मा पुन : मतदान वा मतगणना गर्ने विषयमा निर्वाचन आयोगले अहिलेसम्म कुनै निर्णय नगरेको मुख्य निर्वाचन अधिकृत रोमकान्त ज्ञावलीले प्रष्ट पारेका छ्न्।



प्रतिक्रिया दिनुहोस !