६ बैशाख २०८१, बिहिबार

सोमबारदेखि वालिङ नगरपालिकाले अत्यावश्यक सेवा सूचारु गर्ने

प्रकाशित मिति :  27 November, 2022 1:10 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना विवादले लामो समय देखि बन्द रहेको वालिङ नगरपालिकाको कार्यालय सोमबारबाट आंशिक रुपमा खुल्ने भएको छ ।

नगर प्रमुख खाँणले एक सूचना सार्वजनिक गर्दै नगरपालिकाले अत्यावश्यक सेवा सूचारु गर्ने तयारी गरेको बताएका हुन् । प्रमुख खाँणका अनुसार नगरपालिकाको पछाडि पट्टिको गेटबाट अत्यावश्यक सेवा सूचारु गरिनेछ ।स्याङ्जा निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको वालिङ नगरपालिका मंसिर १ गते देखि बन्द रहेको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदशसभा सदस्य निर्वाचन अन्तर्गत चापाकोटमा भएको मतदानका बिषयमा विवाद हुँदा मतगणा सूचारु हुन सकेको छैन । नगरपालिकाका गेट नजिकै नेपाली कांग्रेस र नेकपा एमालेले धर्ना र नारावाजी गर्दै आएका छन् जसका कारण सो क्षेत्रको सूरक्षा व्यवस्था समेत कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस !