७ बैशाख २०८१, शुक्रबार

मंसिर १५ गतेदेखि विद्युतीय मोटरसाइल दर्ता गरेर मात्र सडकमा कुदाउन पाइने

प्रकाशित मिति :  27 November, 2022 2:59 pm


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी मंसिर १५ गतेदेखि विद्युतीय स्कुटर तथा मोटरसाइकल दर्ता गरेर मात्र सडकमा कुदाउन पर्ने नियम बनाएको छ ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेल गर्दै विद्युतीय स्कुटर, मोटरसाइकल लगायतका सवारी साधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहेको र मंसिर १५ गतेदेखि अनिवार्य दर्ता गरेर मात्र कुदाउन जानकारी दिएको छ ।

ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कतिपय विद्युतीय स्कुटर दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको र त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिने उनले बताए ।

यसका साथै तीव्र गतिमा सवारीसाधन चलाउनेलाई समेत मंसिर १५ गतेबाट ट्राफिक नियमअनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम समेत लागू हुने भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !