१२ श्रावण २०८१, शनिबार

आज चन्द्रागिरी रिसोर्टमा लगनगाँठो कस्दै सलोन र करिश्मा

प्रकाशित मिति :  28 November, 2022 9:04 am


काठमाडौं । अभिनेता सलोन बस्नेत आज प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन वर्षदेखिको प्रेम सम्बन्ध रहेका उनले आज चन्द्रागिरी हिल्समा लगनगाँठो कस्न लागेका हुन । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।

बिहेअघि यो प्रेम जोडीले शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना गरेकाे थियाे । समारोहमा दुवै पक्षका परिवार, साथीभाई र कलाकारहरुको उपस्थिति रहेको थियो ।

सलोन महिला समूहको नौमती बाजासहित १२०० जना जन्ती लिएर बेहुली लिन चन्द्रागिरी रिसोर्ट पुग्दैछन् । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी हुँदैछन् । आकर्षक पहिरनमा सजिएर उनी डोलीमा रिसोर्टमा पुग्नेछन् । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !